• Sunday 18th of October 2026

परालको कुन्युमा जलेर एक महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

धनुषामा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो हंसपुर नगरपालिका– १ भगवानपट्टीस्थित आँपको बगैंचामा रहेको परालमा आगलागी हुँदा स्थानीय ४२ वर्षीय विन्देश्वरी कापरको जलेर मृत्यु जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको तीनवटा परालको थुप्रोमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको छ।

प्रहरीले वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइसकेपछि जलेको अवस्थामा उनको शव फेला पारेकाे हो।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖