• Sunday 18th of October 2026

मोटरसाइकल दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु


  • धनकुटा खबर
  • .

महोत्तरी । बर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖