• Wednesday 7th of October 2026

६ दशमलव तीन रेक्टर स्केलको भूकम्प


  • धनकुटा खबर
  • .

एजेन्सी । ताइवानमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

हिजो साँझ ५ बजेदेखि राति १२ बजेसम्म ताइवानमा लगातार ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहती भएको छैन । तर, भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि ३ अप्रिलमा ताइवानमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा १४ जनाको मृत्यु भएको थियो।

त्यसयता ताइवानमा सयौं भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖