• Sunday 18th of October 2026

गुडिरहेको ट्रकमा यसरी आगलागी भएपछि


  • धनकुटा खबर
  • .

धादिङ, ११ बैशाख । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटार स्थित पृथ्वीराजमार्गमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार विहान १०.३० वजे तिर एक्कासी आगलागी भएको हो ।

औषधिजन्य केमिकलहरु एक आपसमा ठोक्किएर आगो निस्किएको हुन सक्ने ट्रकका चालक सुशील विकले बताएका छन् । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन नसक्दा ट्रकमा समेत क्षती भएको छ ।

आगजनी पछि केही बेर राजमार्गमा दुवै तर्फी सवारी रोकिन पुगेको थियो । घटनास्थलमा दमकल आउन ढिला भएकोले आगो नियन्त्रणमा लिन कठिन भएको थियो ।

धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा धुनिबेसी नगरपालिकामा र सदरमुकाममा नीलकण्ठ नगरपालिका संग मात्रै दमकल रहेको भएपनि दुवै दमकल समयमै घटनास्थल आईपुग्न ढिलाई हुंदा क्षती धेरै हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖