• Sunday 18th of October 2026

गेस्ट हाउसमा मृत भेटिएका महिला र पुरुष मध्ये महिलाकी छोरी भने भेटियो सकुशल


  • धनकुटा खबर
  • .

काठमाडौं । जनकपुरधामको एक गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिएका छन् ।

रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा उनिहरु झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृत भेटिनेमा लोहारपट्टी नगरपालिका–४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका–३ महोत्तरीका ३१ वर्षीय हितेन्द्र पासवान छन् । महिला विवाहित हुन् भने युवक अविवाहित रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिला छोरीलाई लिएर युवकसँग ३–४ दिनदेखि सो होटलमा बसिरहेकी थिइन् । महिलाकी छोरी भने सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖