• Monday 5th of October 2026

दुबईको बाढीपछि विश्वसामु देखियो नयाँ संकट, ‘मौसम युद्ध’ सुरु हुन सक्ने विज्ञहरुको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । संयुक्त इमिरेट्स (यूएई) मा भर्खरै परेको भारी वर्षाले नयाँ बहसलाई जन्म दिएको छ। यूएईमा निकै कम वर्षा हुने गरेको छ। तर, दुबईमा जसरी भारी वर्षा भयो, त्यसले निकै चिन्ता बढाएको छ। यो भारी वर्षाका लागि ‘क्लाउड सिडिङ’लाई जिम्मेवार मानिएको छ।

दुबईमा आएको बाढीका लागि ‘क्लाउड सिडिङ’लाई दोष दिएपछि मौसमविद्हरुले यसले भविष्यमा देशहरुबीच ‘मौसम युद्ध’का रुप लिन सक्ने चेतावनी दिएका छन्। यदि यस्तो भयो भने यसले विनाशकारी परिणामहरु निम्त्याउन सक्छ। दुबईमा २४ घन्टामा १४२ मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। सहरमा १ वर्षमा यति धेरै वर्षा हुन्छ।

अनौठो मौसम परिवर्तनले ‘क्लाउड सिडिङ’का बारेमा चिन्ता बढाएको छ। सन् १९४० दशकपछि प्रयोग गरिएको एक प्रक्रियाअन्तर्गत विशेष फ्लेयरहरुले सुसज्जित विमानहरुले वर्षा गराउन बादलहरुमा नुन छोडेका थिए। यूएईले १९९० को दशकदेखि वर्षाको गति बढाउन क्लाउड–सिडिङ प्रयोग गर्दै आएको छ। यद्यपि यूएईले हालैको वर्षामा क्लाउड सिडिङलाई अस्वीकार गरेको छ।

डेली मेलको रिपोर्टका अनुसार क्लाउड सिडिङ नियन्त्रणबाहिर गयो भने देशबीच ‘मौसम युद्ध’ हुने सम्भावना छ। वातावरणीय प्रविधि कम्पनी किस्टर्सका वरिष्ठ मौसमविद् जोहान ज्याकले यो नयाँ प्रविधिको प्रयोगले ‘अनपेक्षित परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिए। ‘यसले सम्भावित रुपमा कूटनीतिक अस्थिरता निम्त्याउन सक्छ’, उनले भने, ‘जब हामी प्राकृतिक वर्षा ढाँचामा हस्तक्षेप गर्छौं, हामी नयाँ घटनाहरुको शृंखला ट्रिगर गर्छौं, जसमा हाम्रो नियन्त्रण हुँदैन।’

जोहान ज्याकका अनुसार मौसमको हस्तक्षेपले नैतिक प्रश्नहरु पनि खडा गर्छ। ‘मौसमले अन्तर्राष्ट्रिय सीमाहरु पहिचान गर्दैन’, ज्याकले भने, ‘यस्तो अवस्थामा एक देशको मौसम परिवर्तनले अर्को देशमा विनाशकारी प्रभाव पार्न सक्छ। क्लाउड सिडिङको कारणले हुने तीव्र वर्षाले अत्यधिक बहाव निम्त्याउनेछ, जसको परिणाम बाढी आउन सक्छ। दुबईको बाढीले जलवायु परिवर्तन गर्न यस्तो प्रविधि प्रयोग गर्दा हामीले उत्पन्न गर्न सक्ने अनपेक्षित परिणामहरुको कडा चेतावनीका रुपमा काम गर्छ।’जोहान ज्याकले क्लाउड सेडिङपछि देखिने नतिजाहरुमाथि

नियन्त्रण गर्ने सम्भावना धेरै कम हुने बताए। ‘एक क्षेत्रमा अत्यधिक वर्षा ल्याउन क्लाउड सिडिङजस्ता प्रविधिहरु प्रयोग गर्दा अर्को क्षेत्रमा बाढी र खडेरी निम्त्याउन सक्छ’, उनले भने, ‘जब हामी प्राकृतिक वर्षा ढाँचामा हस्तक्षेप गर्छौं। हामी घटनाहरुको शृंखला ट्रिगर गर्छौं जसमा हामीसँग कम नियन्त्रण हुन्छ।’

यूएईको नेसनल सेन्टर अफ मेटियोरोलोजी (एनसीएम)का मौसमविद् अहमद हबिबले अभूतपूर्व वर्षा हुनुअघिका दिनहरुमा धेरै क्लाउड सिडिङ उडानहरु गरिएको बताएका थिए। क्लाउड सिडिङको प्रयोगका बारेमा अनुमानले एनसीएमले पछि यो अपरेसन आँधीबेहरी अघि मंगलबार भएको थियो भनेर अस्वीकार गरेको छ। विज्ञहरुले यूएईमा चरम मौसमी ढाँचा ल्याउनमा जलवायु परिवर्तनको सम्भावित प्रभावलाई पनि प्रश्न गरिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖