• Wednesday 7th of October 2026

अमिताभ बच्चनले फेरि किने करोडौँका जग्गा


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । बलिउड अभिनेता अमिताभ बच्चन प्रायः हेडलाइनमा आइरहन्छन् । फिल्म होस् वा निजी जिन्दगी फ्यानहरूलाई उनको जीवनमा के भइरहेछ भन्ने जान्ने निकै उत्सुकता रहने गरेको छ ।

केही महिना अघि मात्रै बिग बीले अयोध्यामा राम मन्दिर नजिकै करोडौँको जग्गा किनेका थिए । अभिनेताले फेरि पनि जग्गा किनेका छन् । उनले मुम्बईमा करोडौँ जग्गा किनेका छन् । स्थानीय सञ्चार माध्यमहरूमा छापिएका समाचार अनुसार अमिताभ बच्चनले गएको हप्ता मुम्बई नजिक अलिबागमा २० एकडको प्लट किनेका छन् । यसको मूल्य १० करोड भारु बताइएको छ ।

यतिबेला बलिउड स्टारहरूको सबैभन्दा सफल लगानी जग्गा खरिद बनेको छ । अमिताभ बच्चन करोडौँ मूल्य पर्ने जमिनका मालिक पनि हुन् । आफूसँग भएको पैसा अभिनेता प्रायः जग्गा जमिनमा लगानी गरिरहन्छन् । यसअघि अन्य बलिउड स्टारहरूले पनि यहाँ ठुलो रकम लगानी गरिसकेका छन् । अमिताभ बच्चन भन्दा पहिले रणवीर सिंह र दीपिका पादुकोणले पनि यहाँ जग्गा किनेका थिए । अब यसमा अमिताभ बच्चनको नाम पनि जोडिएको छ । यसअघि अमिताभ बच्चनले अयोध्यामा जग्गा खरिद गरेर निकै चर्चामा आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖