• Wednesday 7th of October 2026

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’


  • धनकुटा खबर
  • .

क्यार्लिफोनिया, १२ बैशाख । हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । 

एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनिएको थियो । यो उनको लागि निकै स्तब्ध पार्ने घटना थियो। त्यतिबेला कलाकारसँग सम्बन्ध माग्नु सामान्य मानिन्थ्यो । तर, अडिसनका क्रममा यसो गर्नु भन्दा नराम्रोबाहेक अरु कुनै हुनै नसक्ने उनको विश्वास छ ।

 

हालै वी म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा अभिनेत्री एनी ह्याथवेले यो अनौठो अडिसनको उल्लेख गरेकी छिन् । अभिनेत्रीले भनिन्,  ‘यो सन् २००० को दशकको कुरा हो, जब यो मेरो साथमा भएको थियो । मलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनियो । मलाई भनियो कि आज १० जना आउँदैछन् र तपाईलाई छनोट गरिएको छ। के तपाईं ती सबै मानिसहरूसँग सम्बन्ध बनाउन तयार हुनुहुन्छ ?’

ओस्कार विजेता अभिनेत्री एनी ह्याथवेले अगाडी भनिन्,  ‘निर्देशकको यो माग सुनेर म छक्क परें । एक पलको लागी मलाई लाग्यो कि सायद मसँग केहि गलत छ, यसबारे म पटक्कै उत्साहित भइनँ । मलाई साह्रै नराम्रो लागेको थियो ।’

 

अभिनेत्रीले भनिन्, ‘मैले केही गर्न सकिनँ त्यसैले उत्साहित भएको नाटक गरें। मलाई चिनेपछि कसैले मलाई दुव्र्यवहार गर्न खोजेको थिएन वा मलाई चोट पुर्‍याएको थिएन तर त्यो समय थियो। यो सबै सामान्य कुरा थियो।’

 

एनी ह्याथवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छिन् । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छिन् । यसमा उनी एकल आमाको भूमिकामा छिन् । 

 

कथाको बारेमा कुरा गर्दा, फिल्ममा एनी ह्याथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन्। वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनी ह्याथवे भन्दा धेरै कान्छी छन्। ‘द आइडिया अफ यु’ मे २ बाट प्राइम भिडियोमा स्ट्रिम हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖