• Wednesday 7th of October 2026

के तपाईलाई ग्यास्ट्रिकको समस्या छ ? यी ६ घरेलु उपाय अपनाउनुहोस्


  • धनकुटा खबर
  • .

आजभोलि धेरै मानिसहरुलाई ग्यास्ट्रिकको समस्या हुन्छ । अस्पतालमा पनि ग्यास्ट्रिकको समस्या लिएर धेरै मानिसहरु जाने गर्छन् । अहिले ग्यास्ट्रिकको समस्या नभएका मानिसहरु भेट्न पनि मुश्किल छ । खासमा ग्यास्ट्रिकको समस्या खानपान र विभिन्न कारणले हुने गर्छ । यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ, भने विभिन्न घरेलु उपाय अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ।

यदि तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने यी घरेलु उपाय अपनाउनुहोस्:

१. समयमा खाना खाने बानी बसाल्नु: हामिले समयमा खाना खाने बानी बसालेमा पनि ग्यास्ट्रिकबाट छुटकारा पाउन सकिन्छ । तपाइलाई ग्यास्ट्रिक छ भने सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुहोस् । यदि लामो समयसम्म केही खानेकुरा नखाँएमा पेटमा हावा भरिएर ग्यास्ट्रिकको समस्या हुन्छ ।

२. प्रशस्त पानी पिउनुहोस्: ग्यास्ट्रिकबाट छुटकारा पाउन लगातार पानी पिउँने बानी बसाल्नुपर्छ । प्रशस्त पानी पिएमा मात्र जिउमा पानीको सन्तुलन कायम हुन्छ । तर पानीको सट्टा कोक लगायतका कोल्डड्रिङस भने पिउनुहुँदैन। ३. कार्बोहाइड्रेड कम खाने – ग्यास्ट्रिक भएकाले कार्बोहाइड्रेड भएका खानेकुरा कम खानुपर्छ । बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याज नखानु नै बेस हुन्छ ।

४. दूध पिउनुहुँदैन: ग्यास्ट्रिक भएकाले दूध नपिउनु नै राम्रो हुन्छ । दूधले झन ग्यास्ट्रिक बढाउछ । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै राम्रो हुन्छ ।

५. लसुनपानी खानु – तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने लसुनपानी खानु राम्रो उपाय हो । बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाएमा ग्यास्ट्रिक कम हुन्छ।

६. कागतीपानी पिउनु – ग्यास्ट्रिकलाई कम गर्न कागतीपानी पिउनु पनि राम्रो उपाय हो । कागतीपानी पिउनाले पेटमा ग्यास काम गर्छ र पेट फुल्न पनि दिँदैन ।यो पनि,जवानी तन्काउने ओखर खानुका फाइदाहरु थाहा पाउनुहोस् ! ओखर प्रोटिनको सबैभन्दा राम्रो श्रोत त हो नै यसले जिउबाट हानिकारक कोलेस्ट्रोल निकाल्नमा पनि मद्धत गर्दछ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल भरपूर मात्रमा पाइन्छ जसको एन्टी इन्फ्लामेटरी गुणवत्ताका कारण उच्च रक्तचापको खतरा पनि कम गर्न सहयोग मिल्दछ । हालै भएको एक अध्ययन अनुसार नियमित रुपमा ओखरको सेवन गर्ने महिलामा शारीरिक समस्याहरुको सम्भावना निकै कम देखिने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖