• Sunday 18th of October 2026

मलामी गएका एक जना नुहाउने क्रममा नदिमा डुबेर बेपत्ता


  • धनकुटा खबर
  • .

रुकुम पश्चिममा भेरी नदिमा डुबेर एकजना बेपत्ता भएका छन् । चौरजहरी नगरपालिका -९, का ६१ वर्षीय नारायण खड्का नदिमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले आफन्तको मलामी गएका खड्काको नुहाउने क्रममा नदिमा डुबेर बेपत्ता भएको बताएको छ । वडानम्बर -३ को रानीसागर स्थित भेरी नदिमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरीले खड्काको खोजी कार्य जारी राखेको जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक इश्वर देव गिरीको कमाण्डमा ७ जनाको प्रहरी टोली बेपत्ताको खोजतलासमा लागेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖