• Sunday 18th of October 2026

इन्टरपोलबाट रेड नोटिस जारी भएका विश्वकर्मा यूएईबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन् ।

वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

एनसीबी अबुदावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖