• Sunday 18th of October 2026

खाना पकाउने क्रममा सल्केको आगोबाट पाख्रीबासको एक होटल जलेर पूर्ण नष्ट


  • धनकुटा खबर
  • .

धनकुटा । धनकुटाको पाख्रीबासमा आगलागी भएको छ ।

जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ४,रिनटिन डांडामा अवस्थित साझा स्टाफ होटलमा आगलागी हुंदा होटल जलेर पुरा नष्ट भएको छ ।

आज बिहान खाना पकाउने क्रममा तेलबाट सल्केको आगोले होटल जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

होटल जल्दा करिब १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको ४ नं वडाध्यक्ष सन्तोष मानन्धरले जानकारी दिनु भएको छ ।

आगो स्थानियवासी ,जनप्रतिनिधि,प्रहरी र धनकुटाबाट लगिएको दमकलको सहयोगमा नियन्त्रण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖