• Wednesday 7th of October 2026

स्पेनका बामपन्थी प्रधानमन्त्रीकी श्रीमती माथी भ्रष्टचारको आरोप


  • धनकुटा खबर
  • .

म्याड्रिड, १३ बैशाख । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी श्रीमतीमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् । 

 

सान्चेजले आफ्नी श्रीमतीलाई दक्षिणपन्थी कानुनी प्लेटफर्मले झूटो आरोप लगाएको बताउँदै भ्रष्टचारको आरोपलाइ अस्विकार गरेका हुन । यद्दपी, उनले कानुनी लडाइमा भने सहयोग गर्ने जनाएका छन । 

 

बुधवारबाट यस मुद्दाको न्यायिक अनुसन्धान सुरु भएपछि उनले राजीनामा दिनसक्ने बताइरहेको बेला उनको यस्तो प्रतिक्रिया आएको हो । प्रधानमन्त्रीकी श्रीमतीले आफ्नो पदको दुरूपयोग गरी व्यापार सम्झौतालाई प्रभावित गरेको आरोप लागेको छ।

 

सान्चेजले आफ्नो एक्स अकाउन्टमा यस विषयमा एउटा पत्र पोष्ट गरेका छन्, जसमा उनले आफ्नी पत्नी बेगोना गोमेज विरुद्ध लगाइएको आरोपलाई झुटो घोषित गरेका छन्। उनले सोमबारसम्मको सार्वजनिक एजेण्डा खारेज गर्दै अब पदबाट राजीनामा दिने वा निरन्तरता दिने भन्ने विषयमा चाँडै घोषणा गर्ने बताए ।

 

‘मैले रोक्न र सोच्न आवश्यक छ,’ सान्चेजले लेखेका छन, ‘दक्षिणपन्थी र अतिदक्षिणपन्थीले हाम्रो राजनीतिमा ल्याएको फोहोरलाई ध्यानमा राख्दै सरकारको नेतृत्वमा बस्ने वा त्यो सर्वोच्च सम्मान त्याग्ने भन्ने कुरालाई निरन्तरता दिन लायक छ कि छैन भन्ने प्रश्नको जवाफ दिनैपर्छ।’ ५२ वर्षीय सान्चेज सन् २०१८ देखि स्पेनका प्रधानमन्त्री छन् । अर्को चार वर्षे कार्यकाल सुरु गर्न नोभेम्बरमा नयाँ वामपन्थी गठबन्धन सरकार गठन गर्न उनी सफल भएका थिए । उनी युरोपमा सबैभन्दा लामो समय सेवा गर्ने समाजवादी नेताहरू मध्ये एक हुन्।

 

बुधवार एक स्पेनी न्यायाधीश सान्चेजकी श्रीमती विरुद्ध एक निजी समूह द्वारा भ्रष्टाचार आरोप छानबिन गर्न सहमत भएका थिए । यो मुद्दा म्याड्रिडको एक अदालतमा दायर गरिएको छ। सान्चेजले भने कि उनकी श्रीमती बेगोनाले न्यायिक अनुसन्धानमा पूर्ण सहयोग गर्नेछिन्।

 

अदालतले ४९ वर्षीया बेगोना गोमेज कुनै सरकारी पदमा नरहेको र राजनीतिमा पनि नरहेको बताएको छ । मानोस लिम्पियासले गोमेजलाई कथित रूपमा आफ्नो पदको प्रयोग गरी व्यापार सम्झौतालाई प्रभाव पार्ने आरोप लगाएका छन्। अदालतले थप जानकारी नदिएर अनुसन्धान थालिएको बताएको छ ।  

 

मुद्दा दर्ता गर्ने मानोस लिम्पियासले आफूलाई एक संघको रूपमा वर्णन गर्दछ । तर यसको मुख्य गतिविधि कानुनी मुद्दाहरू पछ्याउने फोरम हो। यसबाहेक न्यायमन्त्री फेलिक्स बोलानोसले पनि यी आरोपहरूलाई  ‘झूटा’ भनेका छन्।

 

प्रधानमन्त्री सान्चेजले अगाडी भनेका छन, ‘छोटकरीमा, यो मेरी श्रीमतीलाई व्यक्तिगत रूपमा आक्रमण गरेर राजनीति छोड्नको लागि भूमि, समुद्र र वायुमा मेरी श्रीमतीलाई उत्पीडन गर्ने अपरेशन हो।’
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖