• Sunday 18th of October 2026

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • धनकुटा खबर
  • .

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार बेलुका ८ बजे भद्रपुर नगरपालिका-८ नमुना टोलमा चन्द्रगढी जाँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ८० वर्षीय वृद्धको मृत्यु भएको हो।

उनको परिचय खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्ण चन्दका अनुसार मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ।

चालक भद्रपुर नगरपालिका-८ का ४९ वर्षीय विशन मोते र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖