• Sunday 18th of October 2026

साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीको साइबर ब्यूरोले कथितरुपमा अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि जाजरकोटका गणेशमान सिंहले ‘औषधि’ सेवन गरेको बताएका छन् । वैशाख १२ मा औषधि सेवन गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदै छ । गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले जिकिर गरेका छन् । फेसबुकमा सञ्चार भएको भिडियोमा उनले भनेका छन्–‘धम्की दिएपछि मैले औषधि सेवन गरेँ ।’

सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको छ । कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले रातोपाटीसँग भनिन्–‘उहाँले एकैपटक अत्यधिक प्यासासिटामोल खानुभएको रहेछ ।’ उनका अनुसार सिंहले २० ट्याब्लेट प्यारासिटामोल एकैपटक खाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖