• Sunday 29th of November 2026

ब्लड प्रेसरका बिरामीहरुले नियमित रुपमा यी खानेकुराहरु खानुका यस्ता छ्न फाईदाहरु


  • धनकुटा खबर
  • .

पछिल्लो समय मानिसमा रक्तचाप (ब्लड प्रेसर) सम्बन्धी रोगीको संख्या दिनानुदिन बढिरहेका छन् । खानपान र जीवनशैलीका कारण ब्लड प्रेसर रोगी बढिरहेका छन् ।रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यसका लागि केही उपयोगी जानकारी दिन खोजिएको हो ।

१. एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ ।२. भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ ।३. लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ । ४. भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ ।५. नुनको सेवन कम गर्नु पर्दछ ।६. चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ ।

७. दिनमा कम्तिमा १०–१२ गिलास पानी पिउनु पर्दछ ।८. जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।९. काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ ।१०. तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ ।

११. जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।१२. मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित सेवन गर्नु पर्दछ ।

१३. दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖