• Wednesday 7th of October 2026

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !


  • धनकुटा खबर
  • .

कामको चटारोमा हामी हाम्रो स्वास्थ्यको उचित रेखदेख गर्न सकिरहेका छैनौ । विशेषगरि थकान, कमजोरीले गर्दा हाम्रो अनुहार पनि पहेलो, रगत नभएको जस्तो देखिन्छ । तर ख्याल गर्नुस यहि लक्षण कतै रगतको कमि अर्थात रक्त अल्पताको त हैन । थाक्नु , कमजोरी हुनु , अनुहारको रङग पहेँलो ,फुङग उडेको जस्तो हुनु अनि हात(खुट्टा सुनिनु जस्ता लक्षण रक्त अल्पताको हो ।

शरिरमा हेमोग्लोबिन कम हुने मान्छेहरुलाई रक्त आल्पता हुन्छ।शरिरमा रगत बढाउने ७ घरेलु उपाय जान्नुहोसः

१.घरको करेसा बारिमा पाईने पालक,बेथेको साग, केराउ, हरियो धनियाँ, गोलभेडा नियमित रुपमा खानाले शरिरमा रगतको मात्रा बढ्छ ।

२. पाकेको आँप दुधसँग खानाले रगत बढ्छ ।

३.रगत बढाउने खाना जस्तै गहुँ, चना, मुगीको दाल पनि धेरै उपयोगी हुन्छ।

४. लसुन खानाले पनि शरिरमा हेमोग्लोबिन कम हुन दिँदैन ।

५.एलोवेराको जुस नियमित रुपमा खानु पर्छ यसले शरिरमा रगत बढाउने ठुलो भुमिका खेल्छ।

६. अमला अर्थात यसको जुस खानाले पनि रगत बढ्दछ ।

७. अनार र लौकाको जुस खानाले रगतमा हेमोग्लोबिनको मात्रा बढ्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖