• Sunday 18th of October 2026

यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउसहित दुईजना पक्राउ


  • धनकुटा खबर
  • .

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीस्थित प्रहरी चेक पोष्टमा सवारी साधन जाँच गर्ने क्रममा बिहीबार भोटेकोशी गाउँपालिका-५ का २६ वर्षीय वाङ्गेल तामाङ र २४ वर्षीय पासाङ नुर्पु तामाङ पक्राउ परेका हुन्।

सिन्धुपाल्चोक प्रहरीका अनुसार तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बाप्र०२–०३७ प २८७५ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ फेला परेको थियो।

पक्राउ परेकाहरुको साथबाट शून्य दशमलव २० ग्रामका १ हजार ७० थान यार्सागुम्बा र शून्य दशमलव ६६ ग्राम बराबरको साना ठूला गरि ७३ थान ढ्याङ्ग्रो च्याउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चौतारा पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖