• Wednesday 7th of October 2026

कस्ता मानिसमा पत्थरीको जोखिम बढी हुन्छ ?


  • धनकुटा खबर
  • .

मृगाैला अनियमित आकारको ठोस वस्तु जम्मा हुनु नै मृगाैलाको पत्थरी हुनु हो। मानिसको व्यस्त जीवनशैलीले स्वास्थ्य धेरै समस्या निम्तिन्छन्। जसमध्ये मृगाैलाको पत्थरी पनि एक हो।

शरीरमा पानीको कमी हुँदा किड्नीको सिस्टममा समस्या आउँछ, जसले पत्थरी हुन्छ। कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ। युरिक एसिड बढ्यो भने पनि पत्थरी हुन्छ।

यो हरेक उमेर समूहमा देखिन्छ भने बुवामा पत्थरीको समस्या छ भने छोराहरूमा देखिन सक्छ। विशेष गरेर धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम हुने भएकाले पत्थरी हुने जोखिम बढी हुन्छ।

२० देखि ५० वर्षका मानिस काममा हिँड्ने भएकाले यो उमेरमा पत्थरीको समस्या देखिन्छ। खानपान र पानी प्रशस्त नपुग्दा पत्थरी हुन्छ।

यो समस्या भएर कोखमा हल्का दुख्दा इगनोर गरेर हिँड्ने र धेरै दुःखेपछि मात्र अस्पताल आउने सङ्ख्या ठुलो रहेको युरोलोजिस्ट डा. महेशबहादुर अधिकारी बताउँछन् ।

पत्थरीका लक्षण के हुन् ?
– पत्थरी शरीरको विभिन्न स्थानमा हुनसक्छ।

– केटा मान्छेको पिसाब आउने बाटो लामो हुन्छ त्यहाँ पनि अड्केको हुनसक्छ। त्यसैले लक्षण पनि त्यही अनुसार फरक फरक हुन्छन्।

– युरेटरमा भयो भने धेरै दुख्छ। पिसाबको थैलीमा भयो भने छिटो छिटो पिसाब लाग्ने हुन्छ।

– पिसाबले पोलेको जस्तो हुनु, पिसाब बाक्लो तथा रातो हुनु, ज्वरो आउने, बान्ता आउला जस्तो हुने हुन्छ।

– केटी मान्छेको बच्चा पाउँदा दुखेजस्तै गरी दुख्यो भन्दै अस्पताल पुग्नेको सङ्ख्या पनि छ।

पत्थरीको उपचार कसरी हुन्छ ?

पत्थरी एक पटक एकातर्फ भयो भने अर्को तर्फ पनि दोहोरिने सम्भावना हुन्छ। त्यसैले एक पटक पत्थरी निस्के पनि उसको पिसाब र रगत शरीरमा नै रहन्छ।

पत्थरी कुन ठाउँमा छ भनेर भिडियो एक्स–रे र सिटी स्क्यान गरिन्छ। क्याल्सियम युरिक एसिडदेखि लिएर २४ घण्टाको पिसाब राखेर पनि जाँच गरिन्छ।

यस्तो जाँच पछि कुन साइजमा पत्थरी छ भनेर थाहा पाउनु पर्दछ। पत्थरी ५ एमएम भन्दा सानो छ भने पानी बाट नै जान्छ। ठुलो भएको छ भने पानीबाट जाँदैन । ठुलो पत्थरीको लागि शल्यक्रिया नै गर्नुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖