• Sunday 18th of October 2026

नक्कली फेसबुक आईडी बनाएर युवतीलाई अश्लिल म्यासेज पठाएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । नक्कली फेसबुक आईडी बनाएर काभ्रेकी एक युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा प्रहरीले काठमाडौँबाट एक युवकलाई पक्राउ गरेको छ।

धुलिखेल नगरपालिका ३ कि २० वर्षाीया विवाहिता एक युवतीलाई सामाजिक सञ्जाल मार्फत् तनाव दिएको आरोपमा बैतडीको दशरथ नगरपालिका- ३ घर भई काठमाडौँ बस्दै आएका २२ वर्षीय दिपेन्द्र नाथलाई प्रहरीले पक्राउ गरेको हो।

उनले निर्माण तामाङ नाम गरेको नक्कली फेसबुक आईडी बनाएर विभिन्न किसिमको अश्लिल शब्द तथा अपशब्द लेखि बैंक खाता नम्बर दिएर युवतीसँग रकमसमेत मागी गाली गलौज, धाक धम्कीसमेत दिएर मानसिक तनाव दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नाथमाथि कानुन बमोजिम ईलेक्ट्रोनिक कारोबार ऐन २०६३ बमोजिम कारवाहीको लागि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖