• Sunday 18th of October 2026

सुबर्ण यसरी आफ्नै घरको छतबाट खसेपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार सूर्यविनायक नगरपालिका-४ हर्षचोकमा राति साढे ९ बजे बजे सुवर्ण मानन्धर आफ्नै चार तले पक्की घरको छतबाट खसेका हुन् ।

छतबाट खसेर गम्भीर भएका उनको उपचारका क्रममा राति करिब ११ बजेतिर मध्यपुर ठिमी अस्पतालमा निधन भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

उनकाअनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖