• Sunday 18th of October 2026

१० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा। कास्की प्रहरीले दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूषलाई पक्राउ गरेको छ।

पोखरा -३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा दुर्लभ वन्यजन्तुको मासुसहित काठमाण्डौ गोकर्णेश्वर -८ निवासी ६९ वर्षीय बोर बहादुर लामालाई सोमबार राति पक्राउ गरेको हो।

प्रहरीले लामाको साथबाट अन्दाजी १० केजी नाउर /झारलको जस्तो देखिने मासु वरामद गरेको जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका लामालाई थप अनुसन्धानका लागि वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖