• Sunday 18th of October 2026

मेयर बालेनले आफ्नो जन्मदिनमा गरे यस्तो घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि (वैशाख १६ गते) बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ । वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उनले भने, ‘आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागेका छौं। बेलुका भने समय परिवर्तन गरिएको छैन । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुन्छ। उनका अनुसार थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।’

‘बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ । बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको हो,’ प्रवक्ता मानन्धरले भने । सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

आज काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहको जन्मदिन हो । आज नै यो निर्णय बाहिर ल्याइएको छ । बालेनले जन्मदिनको उपहार स्वरुप यो निर्णय सावएजनिक गर्ने इच्छा राखेकाले नै यसो गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖