• Sunday 18th of October 2026

३६ जना यात्रु सवार बस पाेखरामा दुर्घटना अपडेट, कसकाे अवस्था कस्तो (नामावली र विवरणसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । बाग्लुङ–पोखरा सडक खण्डअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा गुम्बा नजिक यात्रु बस दुर्घटना हुँदा १९ यात्रु भएका छन् ।

बाग्लुङबाट तनहुँ तर्फ आउँदै गरेको ग १ ख ९२९७ नम्बरको रिजर्भ बस शनिबार बेलुकी साढे ७ बजेतिर डिभाइडरमा ठोक्किएर सडकमै पल्टिँदा १३ महिला र ६ पुरुष घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेहरु सबै तनहुँको शुक्लागण्डकी नगरपालिकाका हुन् ।

घाइतेहरुमध्ये १६ जनालाई गण्डकी मेडिकल कलेजमा र ३ जनालाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । बसमा चालक र सहचालकसहित ३६ जना सवार थिए ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले बस चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ बस्ने ४५ वर्षीय चन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

घाइतेहरुको विवरण यस्तो छ –

१.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने वर्ष ३९ की कमला सिग्देल (दायाँ हातमा चोट)२.ऐ.ऐ.बस्ने वर्ष ५० की ईन्द्रकला भुजेल (खुट्टामा चोट)३.ऐ.ऐ.बस्ने वर्ष ७७ की रुपादेवी सिग्देल (छातीमा चोट)४.ऐ.ऐ.बस्ने वर्ष २५ की प्रमिला सिग्देल (टाउकोमा चोट)५.ऐ.ऐ.बस्ने वर्ष ४७ की सीता सिग्देल (टाउको र दायाँ कुममा चोट)६.ऐ.ऐ.बस्ने वर्ष ६३ का लोकनाथ सिग्देल (दायाँ हात र खुट्टामा चोट)७.ऐ.ऐ.बस्ने वर्ष ५८ की सीता सिग्देल (टाउको र ढाडमा चोट)८.ऐ.ऐ.बस्ने वर्ष ५८ का खेमनारायण सिग्देल (बायाँ हातमा चोट)९.ऐ.ऐ.बस्ने वर्ष २२ की स्वस्तिका सिग्देल (दायाँ हातमा चोट)१०.ऐ.ऐ.बस्ने वर्ष ४८ की शान्ति सिग्देल (घाँटीमा चोट)११.ऐ.ऐ.बस्ने वर्ष ३० का सागर परियार (घाँटी र ढाडमा चोट)१२.ऐ.ऐ.बस्ने वर्ष ६० का पूर्णचन्द्र सिग्देल (पेट र दायाँ हातमा चोट)१३.ऐ.ऐ.बस्ने वर्ष ६१ का राम प्रसाद सिग्देल (दायाँ हातमा चोट)१४.ऐ.ए.बस्ने वर्ष ५८ की शारदा सिग्देल (दायाँ हातमा चोट)१५.ऐ.ऐ.बस्ने वर्ष ५७ का अग्नि प्रसाद सिग्देल (दायाँ हात र कम्मरमा चोट)१६.ऐ.ऐ.बस्ने वर्ष ४७ की लक्ष्मी सिग्देल (टाउको र ढाडमा चोट)१७.ऐ.ऐ.बस्ने वर्ष ५० की विष्णु सिग्देल (घाँटी र दायाँ खुट्टामा चोट)१८.ऐ.ऐ.बस्ने वर्ष १८ की अनिषा गौतम (ढाडमा चोट)१९.ऐ.ऐ.बस्ने वर्ष ४३ की विष्णु गौतम (बायाँ हात, छाती र खुट्टामा चोट)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖