• Sunday 18th of October 2026

धुलिखेलबाट विवाहकै दिन बेहुली फरार


  • धनकुटा खबर
  • .

धुलिखेल/ धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी छ्न् । २६ वार्षिया मन्दिरा थापा मगरको आज बैशाख १४ गते विवाह हुँदै थियो ।

विवाहका लागि धुलिखेल नगरपालिका वडा नम्बर ४ भ्याण्डोलबाट बेहुला लक्ष्मण राना मगर जन्ती लिएर जाने तयारीमा थिए । विवाह बनेपाको चण्डेश्वरी मन्दिरमा हुँदै थियो । विवाहका लागि भोज, गरगहना सबै तयारी अवस्थामा थियो ।

जन्ती आउनु अगाडि नै बेहुली थापा मगर भने फरार भएकी छन् । उनी श्रृङ्गार गर्न जाने क्रममा फरार भएकी हुन । उनको मोबाइल अफ छ । बेहुलीको आमा र दिदिलाइ प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरिले यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖