• Sunday 18th of October 2026

डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ बैशाख । डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ। 

नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖