जिरी(दोलखा) । दोलखाको बिगु गाउँपालिका–२ वराङ स्वास्थ्य चौकीकी सिनियर अनमी शान्ति केसी खड्का (जानुका) को मोटरसाइकलको ठक्करवाट मृत्यु भएको छ ।
कामको शिलशिलामा काठमाडौं गएकी अनमि खड्काको पेप्सिकोलामा मोटरसाइकलको ठक्करवाट मृत्यु भएको हो । हिजो दिउँसो मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी ४५ वर्षीय अनमी खड्काको उपचारको क्रममा गय राति मृत्यु भएको हो । मोटरसाइकलको ठक्करवाट गम्भीर घाइते भएकी उनको टाउको र शरिरको बिभिन्न भागमा गहिरो चोट लागेको थियो ।
विगत २१ वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएकी सिनियर अनमि खड्का लामो समयदेखि वराङ स्वास्थ्य चौकीमा कार्यरत थिईन् ।
