• Sunday 18th of October 2026

नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाएको आरोपमा प्रिन्सिपल पक्राउ


  • धनकुटा खबर
  • .

नक्कली परिक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाएको आरोपमा एक जना प्रिन्सिपल पक्राउ परेका छन्।

काठमाडौं धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीविरूद्ध कक्षा १२ मा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा छ।

सोही अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी नवराज अधिकारीले बताए।

उनले कक्षा १२ मा एक जना विद्यार्थीको नाममा अर्कैको फोटो टाँसेर परीक्षा दिन लगाएको फेला परेको थियो। यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖