• Sunday 18th of October 2026

सेती नदीमा डुबेर एक जना बेपत्ता


  • धनकुटा खबर
  • .

डोटी, १७ बैशाख । सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ।

उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए। उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖