• Wednesday 7th of October 2026

प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौँ । इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा भएको छ ।

बिबिसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार र हत्या गरेका थिए ।

यी सुरक्षा बलहरूले लेखेको विश्वास गरिएको एउटा लीक कागजातबाट यो प्रकाशमा आएको हो ।

सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीको नौ दिनपछि शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।

यो प्रतिवेदनलाई “अत्यधिक गोप्य” भनी चिन्ह लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो । यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ ।

सो गोप्य प्रतिवेदनमा एक व्यक्तिले उनीहरूको शोषण गरेको, हातकडी लगाएर पनि निकाले विरोध गरिरहेको र हात खुट्टा हलाएर आफूलाई बचाउने प्रयास गरेको उल्लेख छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖