• Monday 19th of October 2026

श्रीमतीको हत्या गरेँ भन्दै युवकले गरे प्रहरीमा आत्मसर्मपण


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरेँ भन्दै प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई भूगोलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् ।

उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन् । सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धका एक अधिकारीले जानकारी दिए ।

अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖