• Monday 19th of October 2026

काठमाडौंको पुतलीसडकमा दुर्घटना, एक युवाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौंको पुतलीसडकमा दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।
गए राति करिब २ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुतलीसडकमा बा २१ च ६४४८ को गाडी र बा प्र ०२-२७ प ८२८० नम्बरको मोटरसाइकलबीच ठक्कर खाएको थियो।

दुर्घटनामा परेर मोटरसाइकल चालक काठमाडौं महानगरपालिका वडा नम्बर १२ का २३ वर्षीय शाहिल देउला गम्भीर घाइते भएका थिए। उनलाई उपचार गर्न ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

‘गए राति २ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको हो,’ उनले भने।

प्रहरीले गाडी चालक ताप्लेजुङ मौवाखोला गाउँपालिका वडा नम्बर ६ घरभई भक्तपुरको लोकन्थली बस्ने २७ वर्षीय सौरव बस्नेतलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖