• Monday 19th of October 2026

इनार खन्ने क्रममा भक्तपुरमा काका-भतिजको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार छन् ।

चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्रममा अचेत भएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए । उनीहरु त्यहाँ टहरो बनाएर बस्दै आएका थिए ।

मृतक काका भतिज हुन् । इनार खन्दा उनीहरु ५५ फिट तल पुगेपछि बेहोस भएका हुन् ।

प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टोली र सशस्त्र प्रहरीको उद्धार टिमले उनीहरुलाई इनारबाट निकालेर भक्तपुर अस्पतालमा पठाएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖