• Monday 19th of October 2026

विद्यालयहरुमा २ दिन गर्मी बिदा


  • धनकुटा खबर
  • .

बुटवल । अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालयमा २ दिन बिदा दिइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै विद्यालयमा २ दिन गर्मी बिदा दिएको जनाएको हो ।

अत्यधिक गर्मी बढेको तथा तातो हावा चल्न थालेपछि विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएकाले यही वैशाख २० र २१ गते बिदा दिइएको उपमहानगर जनाएको छ । वार्षिक बिदाबाट कट्टी हुने गरी बिदा दिइएको सूचनामा भनिएको छ ।

बुटवलमा यही वैशाख ६ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖