• Monday 19th of October 2026

सैनिक हवल्दारलाई आक्रमण गर्ने भालुलाई हानेको गोली लागेर प्युठ घाइते


  • धनकुटा खबर
  • .

सैनिक हवल्दारमाथि आक्रमण गरेको भालुलाई गोली हान्दा प्युठ घाइते भएका छन्।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नयाँ गोरख गणमा कार्यरत हवल्दार ४० वर्ष लक्ष्मणकुमार थापालाई बिहान पौने १० बजेतिर आक्रमण गरेको थियो।

थापालाई बचाउन सेनाको गस्ती टोलीले भालुलाई गोली हान्दा प्युठ कुन्दन सिंहलाई लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको दाहिने घुँडा मुनी गोली लागेको छ।

घाइते भएपछि भरतपुर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि दुवै जनालाई छाउनी अस्पताल काठमाण्डौ रिफर गरिएको छ।
उनीहरु सौराहास्थित गुल्ममा कार्यरत थिए। हवल्दार थापाको कमाण्डमा कछुवानी पोष्ट नजिकै निकुञ्जको कोर क्षेत्रमा गस्ती चलिरहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖