• Monday 19th of October 2026

अस्ताए भाइरल ‘भेलु’


  • धनकुटा खबर
  • .

सामाजिक संजालमा भेलु बाजकोे नामले चर्चित प्युठानका ६२ वर्षीय मेनबहादुर बुढाको निधन भएको छ । लामो समय रोगले थलिएका उनको बिहीबार प्युठान अस्पतालमा उपचारको क्रममा निधन भएको हो । टेलिफिल्म ‘ख्यालठट्टा’मा अभिनय समेत गरेका उनी ‘अग्र्यानिक डायलग’ले भाइरल भएका थिए । जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले पुष्टी गरिन् । फरक शैली र बोलीका कारण उनी सामाजिक संजालमा हास्य पात्रका रुपमा रुचाइएका चर्चित पात्र थिए ।

अत्यधिक मादकपदार्थ सेवनको लतमा उनी थिए । यही कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । मदिरा सेवकै कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो । उनको ‘ओख्खो’, ‘बेल्कुल’ र ‘भनेर हाम्ले अनुरोध गरेका छम्’ जस्ता मौलिक थेगोले धेरैलाई मनोरञ्जन प्रदान गथ्र्यो ।

उनका बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस् त लगायतका शब्दमा टिकटकमा थुप्रैले अभिनय पनि गरेका छन् । टिकटक र युट्युबमा यति धेरै भाइरल भएका भेलु बाजेलार्ई टेलिफिल्म ‘ख्यालठट्टा’ले पनि अभिनय गरायो । मनकामना रोधीघरले पनि उनलाई राधिका हमालसँग लाइभ दोहोरीमा घम्साघम्सी गरायो । वरिष्ठ संगीतकार बीबी अनुरागीले पनि भेलु बाजेसँग मिलेर ‘काटे डाली कैन’ गीत समेत रेकर्ड गराएका थिए ।

विभिन्न युट्युव च्यानलमा राखिएको उनको अन्तर्वार्ता पनि भाइरल भएको थियो । उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । अत्याधिक रक्सी सेवनबाट पेनक्रियाजमा क्षति भएपछि उनको इहलीला समाप्त भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖