• Wednesday 7th of October 2026

शुक्रबार किन हुन्छ कण्डम बिक्रि धेरै ?


  • धनकुटा खबर
  • .

काठमाडौं । धेरै जसो मानिसहरू शुक्रबार लाई गुड फ्राइडेको रुपमा मान्छन्। शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ ।

काठमाडौंका ठुला मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउछ ।

शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट बिदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् ।

राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु दिनको तुलनामा शुक्रबार भरिभराउन हुने कारण मध्ये यौन सम्पर्क पनि प्रमुख कारण भएको होटेल, सिसोर्ट र लज सञ्चालकको अनुमान छ । कण्डमका साथै होटेल र रेष्टुराहरुमा मदिराको बिक्री पनि शुक्रबार बढी हुने गरेको पाइन्छ ।

काठमाडौंमा हरेक दिन कति कण्डम खपत हुन्छ ? यसको वास्तविक तथ्यांक कसैसँग नभए पनि दैनिक ६० हजार हाराहारी खपत हुने अनुमान स्वास्थ्य मन्त्रालय, राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको छ । तर शुक्रबार भने झण्डै एक लाखसम्म कण्डम बिक्री हुने गरेको मेडिकल सञ्चालकको दावी छ ।

ग्रेस मेडिकल स्टोरका सञ्चालक भुबन भट्ट भन्छन, ‘ त्यसमा पनि जाडो मौषममा अझ बढी कण्डम बिक्री हुन्छ । अरु दिन दैनिक २०० कण्डम बिक्री हुन्छ । शुक्रबार ४०० सम्म हुन्छ ।’ जाडोमा रुई, फुई र दुई भन्ने त हाम्रो समाजमा उखान नै छ । गर्मी मौषमको तुलनामा जाडोमा यौन सम्पर्क बढी हुनु स्वभाविक रहेको सुव्वा बताउछन् ।

पछिल्ला दिनमा कामकाजी महिलाको संख्या बढ्दै गइरहेको छ । शुक्रबार आनन्दका साथ मिठो खाने र मनोरञ्जनका साथ रात बिताउने टेण्ड बढ्दै गएकाले यसो हुने गरेको वरिष्ठ चिकित्सक डा. नरेश प्रताप केसी बताउँछन् । परिवार नियोजन संघका निर्देशक डा. केसी भन्छन्, ‘ यौन सम्पर्क पनि मनोरञ्जनको गतिलो साधन हो । विदाको अघिल्लो दिन शुक्रबार हरेक मानिस रमाइलो गरेर मनाउन चाहन्छ । यसलाई अन्यथा लिनु हुदैन । ’

महाबौद्ध स्थित हनुमान फर्माका सञ्चालक नवराज खनाल पनि अरु दिनको तुलनामा शुक्रबार कुण्डमको विक्री दोब्बर हुने गरेको बताउँछन् । ‘गुड फ्राइडेका दिन त बिक्री भइहाल्छ नि । ’ उनले भने,‘ हप्तामा सबैभन्दा बढी शुक्रबार नै बिक्री हुन्छ । ’ गर्भधारणा हुनबाट बचाउने भएकाले अधिकांश महिला पुरुष यौन सम्पर्क गर्दा कण्डमको साहारा लिने गर्छन । यसका अलावा एड्सबाट बच्न र यौन रोगको संक्रमणको डरले पनि कण्डम प्रयोग गर्नेको संख्या बढी छ । नेपाली बजारमा दर्जनौ आकार प्रकारका कण्डम पाइन्छन ।

हामीकहाँ अमेरिकामा उत्पादन हुने कन्डमहरू पनि बजारमा छन । कतिपय कन्डमहरू भारतबाट आयातित हुन्छन् । कुन कम्पनीको कन्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयंले यसमा सचेत हुनुपर्ने अवस्था छ । अनुदानमा बाँडिने कन्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन ।

साइजको कुरा गर्दा कन्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कन्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कन्डम उपलब्ध छन् । कन्डम भित्र प्रयोग हुने ल्युब या जेली (चल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कन्डम पनि वनाइका हुन्छन् । कन्डमबाहेक आफैंले अतिरिक्त ल्युव या चिल्लो पदार्थ प्रयोग गर्दा सबै खालको कन्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कन्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कन्डम कति प्रभावकारी हुन्छ भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन ।

कन्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईंले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नु पर्दछ । गुणस्तरीय कम्पनीको कन्डम किन्ने, यौन आनन्दलाई कन्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कन्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कन्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖