• Thursday 8th of October 2026

भारती सिंहको पित्त थैलीमा पत्थरी


  • धनकुटा खबर
  • .

काठमाडौँ – चर्चित भारतीय कमेडियन भारती सिंह अस्पताल भर्ना भएकी छिन् । विगत तीन दिनदेखि पेटको पिडा भोगेकी उनको पित्त थैलीमा पत्थरी देखिएको छ । चिकित्सकले उनलाई तत्कालै शल्यक्रिया गर्न सल्लाह दिएका थिए ।

डाक्टरहरूले उनको शल्यक्रिया गरेका छन् । अहिले उनको अवस्था ठिक रहेको बताइएको छ ।

भारतीले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले आफ्नो रोगबारे कुरा गरिरहेकी छिन् । यस अवधिमा उनले आफ्नो दुई वर्षको छोरालाई पनि धेरै मिस गरिरहेको बताएकी छिन् ।

सन् २०१७ मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी भारतीका एक छोरा छन् । करिब ७ वर्ष डेटिङ गरेपछि दुवैले एकअर्कालाई जीवनसाथी रोजेका थिए ।

हर्षले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकका लागि संवाद लेखेका थिए । यसबाहेक उनले फिल्म ‘मलंग’ को टाइटल ट्र्याक पनि लेखेका छन् । अर्कोतर्फ, भारती सिंह कमेडी जगतमा चर्चित नाम हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖