• Wednesday 7th of October 2026

वर्षाका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ – ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ। करिब ७० जना अझै हराइरहेका छन् ।

सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्यको राजधानीसहित २३५ नगरपालिकालाई असर गरेको छ। राज्यमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण नदीहरूको सतह बढेको छ, पुलहरू क्षतिग्रस्त छन्। १४ लाखभन्दा बढी जनसंख्या रहेको पोर्टो एलेग्रे शहरलाई सतर्क अवस्थामा राखिएको छ।

भारी वर्षाले छिमेकी राज्य सान्टा क्याटरिना पनि प्रभावित भएको छ। त्यहाँ बाढी र पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ। विपद्लाई स्वीकार गर्दै ब्राजिल सरकारले रियो ग्रान्डे डो सुललाई उपकरण र आर्थिक सहायता पठाएको छ। एजेन्सीका अनुसार प्रकोपबाट २४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖