• Wednesday 7th of October 2026

शरीरमा कोलेस्ट्रोल बढे आँखामा देखिन्छ यस्तो समस्या, यसरी पाउनुहोस् छुटकारा !


  • धनकुटा खबर
  • .

जब शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न लाग्छ, तब त्यसको असर अनुहारमा देखिन थाल्छ। शरीरमा कोलेस्ट्रोल जम्मा हुँदा आँखाको वरिपरी सेतो सेतो दाग देखिन थाल्छ। आँखाको आसपास कोलेस्ट्रोल जम्मा हुने समस्यालाई डायस्लिपिडेमिया पनि भनिन्छ।

जुन एलडिएल कोलेस्ट्रोल बढेका कारण हुने गर्दछ । जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ। आँखाको वरीपरि जम्मा भएको कोलेस्ट्रोलले अनुहारको सुन्दरता बिगार्ने काम गर्छ । यस्तो अवस्थामा तपाईले केही घरेलु उपायको प्रयोगबाट आँखामा जम्मा भएको कोलेस्ट्रोल कम गर्न सक्नुहुनेछ ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती घरेलु उपाय ? आँखाको आसपास जम्मा भएको कोलेस्ट्रोलको मात्रा कम गर्नका लागि लसुन कुनै औषधिभन्दा कम हुँदैन् । लसुनको पेस्ट बनाएर आँखाको मुनी करिब १५ मिनेटसम्म लगाउनुहोस्। लगातार २ दिनसम्म यसो गर्दा तपाईले केही सुधार पाउनुहुनेछ। यदी चाहनुहुन्छ भने लसुन काँचो वा तरकारीमा राखेर पनि खान सक्नुहुनेछ।

मेथि: मेथिमा कोलेस्ट्रोलको मात्रा कम गर्ने गुण हुने गर्दछ । यसको प्रयोग गर्नका लागि मेथिलाई राति भिजाएर राख्नुहोस् । त्यसपछि बिहान उठेर त्यसको पानी पिउनुहोस् । खाली पेटमा मेथिको पानी पिउँदा कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ। सक्नुहुन्छ भने मेथिको पेस्ट बनाएर पनि आँखाको मुनी लगाउन सक्नुहुनेछ ।

केराको बोक्रो: केरामा एन्टी अक्सीडेट्स र एन्जाइम हुने गर्दछ। जो कोलेस्ट्रोलको मात्रा कम गर्नमा निकै सहयोगी मानिन्छ। केराको बोक्राले आँखाको मुनी मसाज गरेर त्यसलाई केही बेर त्यत्तिकै छोडिदिनुहोस्। केही बेरमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा यस समस्याबाट राहत मिल्ने गर्दछ।

दूध: दूध पिउनु स्वास्थ्य र छालाका लागि निकै फाइदाजनक हुने गर्दछ। हरेक दिन १ गिलास दूध पिउँदा अनुहारका दाग धब्बा हटेर जान्छन् । साथै आँखाको कोलेस्ट्रोल हटाउनका लागि कपासको सहयोगले आँखाको मुनी दूध लगाउनुहोस्। रातभर यत्तिकै राखेर बिहान मनतातो पानीले अनुहार धुनुहोस्। यसो गर्दा डायस्लिपिडमियाबाट राहत मिल्ने गर्दछ।

दही: दहीमा ल्याक्टिड एसिड र ब्लीचिङ एजेन्ट हुने गर्दछ। दहीमा कागती मिलाएर केही दिनसम्म लगाउँदा पनि आँखामा भएको कोलेस्ट्रोल कम हुने गर्दछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖