• Tuesday 6th of October 2026

यी ३ तरिकालेअञ्जीरको सेवन गर्नुहोस्, बढाउँछ तपाईको तौल


  • धनकुटा खबर
  • .

काठमाडौं। धेरै मानिसहरु जति खाएपनि आफ्नो वजन बढाउन सकिरहेका हुँदैनन्। पातलो भएका कारण धेरै पटक अप्ठ्यारोको सामना गर्नुपर्ने भइरहेको हुन सक्छ । वास्तवमा तौल घट्नु अर्थात पातलो हुनुका धेरै कारण हुन सक्छन्। आनुवंशिकता जस्तै शरीरमा कुनै पनि प्रकारको समस्या, राम्ररी खाना नखानु, भोक नलाग्ने जस्ता धेरै कारणले पनि हाम्रो वजन कम हुने गर्दछ ।

यदि तपाई पनि तौल बढाउन कोशिस गर्दै हुनुहुन्छ भने हामीले तपाईलाई केही खानेकुराको बारेमा बताउँनेछौ जसले तपाईलाई आफ्नो तौल बढाउन सहयोग गर्नेछ ।तौल बढाउनु त्यति गाह्रो छैन । आफ्नो खानपानमा मात्र ध्यान दिनुपर्छ ।

हाम्रो शरिरको वजन बढाउनका लागि नेभारा या भनौं अन्जीर निकै उपयोगी हुने गर्दछ। यसले वजन बढाउन मद्दत गर्न सक्छ । अञ्जरी सुख्खा र भिजेको दुवै प्रयोग गर्न सकिन्छ। वास्तवमा अञ्जरीमा पोटासियम, मिनरल्स, क्याल्सियम र भिटामिनको गुण प्रचुर मात्रामा पाइन्छ । जसले शरीरलाई विभिन्न किसिमका समस्याबाट बचाउन मद्दत गर्छ । तौल बढाउन अञ्जीरको सेवन गर्ने तरिका जानौं।

तौल बढाउन यसरी खानुहोस् अञ्जीर:
दूध र अन्जीरः अन्जीर दुधसँग खानुहोस्। दूधलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ। नेभारा र दूध एकसाथ सेवन गर्दा शरीरलाई धेरै फाइदा पुर्याउन सकिन्छ । तौल बढाउन अञ्जीर र दूधको सेवन गर्न सकिन्छ ।

अन्जीरको हलवाः यदि तपाइँ मिठाई खान मन पराउनुहुन्छ भने तपाइँ आफ्नो आहार मा अन्जीर हलवा पनि समावेश गर्न सक्नुहुन्छ। यो स्वाद र स्वास्थ्य भरिएको छ। यसको सेवनले तौल बढाउन मद्दत गर्छ ।

अन्जीर र किसमिसः नेभारा र किशमिश दुवैमा स्वस्थ बोसो हुन्छ। तौल बढाउनको लागि किसमिस र ४-६ अञ्जीरलाई रातभर पानीमा भिजाएर भोलिपल्ट बिहान खानुहोस्। यसलाई दुधमा मिसाएर पनि पिउन सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖