• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बाबर आजमले तोडे विराट कोहलीको कीर्तिमान


  • धनकुटा खबर
  • .

एजेन्सी । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीका कप्तान बाबर आजमले भारतीय ब्याट्सम्यान विराट कोहलीको कीर्तिमान तोडेका छन् । पाकिस्तान र आयरल्यान्डबिचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले कोहलीको कीर्तिमान तोडेका हुन् ।

उक्त खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । जितसँगै पाकिस्तानले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको थियो । उक्त खेलपछि बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ५० वा त्योभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आमजले ३९औँ पटक ५० वा त्योभन्दा बढी रन बनाएका हुन् । कोहलीले भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ पटक ५० वा त्योभन्दा बढी रन बनाएका छन् । यो सूचिमा भारतीय टोलीका कप्तान रोहित शर्मा तेस्रो स्थानमा छन् ।

रोहित शर्माले हालसम्म ३४ पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० वा त्योभन्दा बढी रन बनाएका छन् । आयरल्यान्डविरुद्धको तेस्रो खेलमा बाबर आजमले टोलीका लागि ७५ रनको योगदान गरे । उनले केवल ४२ बलको सामना गरी पाँच छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖