• Tuesday 20th of October 2026

पत्निलाई आफनै ज्वाईँसँग रंगेहात समातेपछि


  • धनकुटा खबर
  • .

काठमाण्डौं– पत्निले धोका दिएर परपुरुषसँग सम्वन्ध बनाउँदा पतिबाटै मारिएका प्रसस्तै घट्ना छन्। तर, भारतमा एउटा अनौठो घट्ना सार्वजनिक भएको छ। जसमा एक ब्यक्तिले पत्निलाई परपुरुषसँग रंगेहात समाउँछन्।

परपुरुष पनि अरु कोही नभएर आफनै छोरी ज्वाई परेपछि घट्नाले नयाँ मोड लिन्छ। यो घट्नामा कसैको ज्यान लिने र दिने भन्दा पनि ति पुरुषले आफनो पत्नि र ज्वाईको विवाह गराई दिन्छन्।

घट्नाक्रम अनुसार सिकन्दर यादवकी श्रीमतीको मृत्यु हुन्छ। उनी दुई छोरासहित बिहारको हीर मोती गाउँ स्थित ससुराली घरमै वस्न थाल्छन्। समय बित्दै जाँदा ४५ वर्षीय सिकन्दर र उनकी सासू ५५ वर्षीया गीताबिच प्रेम सम्बन्ध स्थापित भयो।

उनीहरूको गोप्य सम्बन्ध गाउँभरि फैलिन थाल्यो। गीताका पति दिलेश्वरलाई पनि शंका लाग्यो। एक दिन दुई प्रेमीलाई उनले रङ्गे हात समातेपछि उनको डर वास्तविकतामा परिणत भयो। आक्रोशित दिलेश्वरले घटनाको समाधान गर्न माग गर्दै पञ्चायतको ध्यानाकर्षण गराएका थिए।
दिलेश्वरको विवरण सुनेपछि पञ्चायतले उनका ज्वाइँलाई बोलायो। सबैलाई आश्चर्यमा पार्दै सिकन्दरले खुल्लमखुल्ला आफ्नी दिवङ्गत श्रीमतीकी आमासँगको सम्बन्ध स्वीकार गरे। गीताले पनि सिकन्दरप्रतिको आफ्नो प्रेमलाई स्वीकार गरेपछि पञ्चायत उनीहरूलाई विवाह गरेर सम्बन्धलाई औपचारिकता दिन राजी भयो।

सामाजिक सञ्जालमा भाईरल भईरहेको एउटा भीडीओ क्लिपमा सिकन्दरले आफ्नो नयाँ वेहुलीको सिउँदोमा एक पटक मात्र नभई ४ पटकसम्म सिन्दूर लगाएको देखिन्छ। भारतीय मिडियाले रिपोर्ट गरेअनुसार सिकन्दर यादवले औपचारिक रूपमा गीतादेवीलाई आफ्नो घरमा भित्र्याएका छन्।
अर्कोतर्फ सिकन्दर र गीताको विवाह आयोजना गर्न पाउँदा खुसी भएको दिलेश्वरले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖