• Tuesday 20th of October 2026

सडक दुर्घटनामा १८ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।

दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए । पिकअप अनियन्त्रित भई खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उक्त दुर्घटनामा १५ मजदुरको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖