• Thursday 8th of October 2026

अभिनेता शाहरूख खान अस्पतालमा भर्ना


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान अस्पतालमा भर्ना भएका छन्। २१ मेमा नरेन्द्र मोदी स्टेडियममा आइपिएल म्याच हेर्न पुगेका शाहरूखको गर्मीको कारण स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई अहमदाबादको नजिकैको अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई भेट्न हालै अभिनेत्री जुही चावला अस्पताल पुगेकी थिइन्। जुहीले शाहरूखको स्वास्थ्य अवस्थाकाे जानकारी दिँदै भनिन्, ‘गत रात उनको स्वास्थ्यमा समस्या देखिएको थियो। तर अहिले उनको स्वास्थ्यमा सुधार आएको छ।’

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार शाहरूख आजै डिस्चार्ज हुँदैछन्। उनी आइपिएलमा आफ्नो टिम केकेआरलाई समर्थन गर्न नरेन्द्र मोदी स्टेडियम पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖