• Monday 5th of October 2026

सन्धिखर्कमा फेला परेका बालकलाई प्रहरीले आफन्तको जिम्मा लगायो


  • धनकुटा खबर
  • .

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वडा नम्बर १ मिडिया चोकमा आज दिउँसो प्रहरीले एक जना बालक फेला पारेको थियो ।ति बालकलाई प्रहरीले आफन्तको जिम्मेवारी लगाएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्नामा बस्ने चमेली नेपालीको ६ वर्षको नातीलाई हजुर आमाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दिउँसो प्रहरीले ति बालकलाई फेला पारे पनि ति बालकले नाम र ठेगना बताउन सकेका थिएन ।त्यस लगतै विभिन्न संचार माध्यबाट खबर प्रसारण तथा प्रकाशन र प्रहरीले जारी गरेको अपिल अनुसार आफन्त सम्पर्कमा आएपछि प्रहरीले बालकलाई परिवारको जिम्मा लगाएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖