• Tuesday 20th of October 2026

मोरङमा कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला


  • धनकुटा खबर
  • .

विराटनगर । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् ।

मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । कोठा भित्रबाट चुक्कुल लगाइएको अवस्थामा कोठाको सिलिङ पङ्खामा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुन्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖