• Tuesday 20th of October 2026

जीप दुर्घटना अपडेट: मृतक तीनजनाको परिचय खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । सुर्खेतबाट कालिकोटतर्फ गइरहेको जीप दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक भएको जीप दुर्घटनामा कालीकोटको शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा बिरेन्द्र विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एक जनाको भने परिचय खुलेको छैन । शव रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनाका बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतलेले जनाएको छ ।

बिहिबार विहान भे १ च २५६० नम्बरको बोलेरो जीप सडकबाट एक सय किलोमिटर तल खसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖