• Tuesday 20th of October 2026

यी रहेछन् फेसबुकमा महिलाहरूलाई साथी बनाएर यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने युवक


  • धनकुटा खबर
  • .

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा महिलाहरूलाई साथी बनाउने, यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्दै ३० वर्षीय सन्तोष किसान रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी किसानलाई सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी सबैभन्दा पहिले महिलाहरूसँग सामाजिक सञ्जालमा जोडिन्थे । त्यसपछि कुरा गर्दै नजिक हुन्थे अनि आफूलाई भेट्ने प्रस्ताव राख्थे । भेट्न आएका महिलाहरूलाई विभिन्न प्रलोभनमा पारेर शारीरिक सम्बन्धका लागि राजी बनाउँथे । त्यसपछि उक्त क्रियाकलापको फोटो र भिडिओ खिच्थे ।

कार्यालयका अनुसार आरोपी किसान त्यही अश्लील फोटो र भिडिओ आफन्तलाई पठाइदिने वा सामाजिक सञ्जालमा राखेर भाइरल गरिदिने भन्दै ब्ल्याकमेल गर्थे । फोटो र भिडिओ सार्वजनिक नगर्नका लागि रकम पठाउन वा पुनः शारीरिक सम्बन्धका लागि दवाव दिन्थे । यसरी सामाजिक सञ्जालमार्फत जोडिएर आपराधिक लाभ लिन खोजेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖