• Tuesday 20th of October 2026

धनगढीमा गर्मीले एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ । बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए ।

उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ । उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖